नेप्सेको ऐतिहासिक छलाङः ९७.१२ अंकले बढ्यो बजार, ६.६७ अर्बको कारोबार

४ बर्ष अगाडि

काठमाडौं – यो सातो नेपाली सेयर बजारमा उल्लेख्य बृद्धि देखिएको छ । यो साता नेपाली शेयर बजार अर्थात नेपाल स्टक एक्सचेन्ज (नेप्से) ऐतिहासिक रुपमा बढेर १३०० भन्दा माथिको विन्दुमा पुगेको छ ।
यो साता शेयर बजार ८.०१ प्रतिशत अर्थात ९७.१२ अंकले बढेको छ ।  आइतबार १२१३.११ विन्दुबाट नेप्से कारोबार सुरु भएको थियो । साताको अन्तिम कारोबारको दिन अर्थात विहीबारसम्म आउँदो त्यो परिसुचक बढेर १३१०.२३ विन्दुमा पुगेको छ । ७ महिनापछि नेप्से परिसुचक १३०० विन्दु भन्दा माथिको पुगेको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाको मनोवल बढाउने खालका अभिव्यक्ति, वित्तिय क्षेत्रमा पर्याप्त तरलता जस्ता कारणले पछिल्लो समय दैनिक जसो शेयर बजार बढेको थियो । यद्यपि, जनवरी १४ तारिखमा मार्केट करेक्सन भएको थियो । त्यस दिन अल्पकालिन लगानीकर्ताले नाफा बुक गर्दा नेप्से करेक्सन हुन पुगेको थियो । त्यसयता  भने नेप्से दिनानुदिन बढ्दै आएको थियो ।
यो साता कारोबार रकम पनि उच्च मात्रामा बढेको छ । यो साता कुल रू. ६ अर्ब ६७ करोड २९ लाख ६१ हजार ३३६ बराबरको कारोबार भएको छ । औषतमा यो हप्ता दैनिक रू. १ अर्ब ३३ करोड भन्दा बढीको कारोबार भएको देखिन्छ । यो हप्ता १९२ कम्पनीको शेयर कारोबार भएको छ । तथ्यांकअनुसार २१ करोड १९ लाख ९७ हजार ४६८ कित्ता शेयरको यो साता कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया