ट्रम्प विरुद्धको महाअभियोगः औपचारिक प्रक्रिया सुरु, सफाइ पाउने कति सम्भावना ?

४ बर्ष अगाडि

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प विरुद्धको महाअभियोग सम्बन्धी सुनुवाई प्रक्रिया औपचारिक रुपमा अगाडि बाएको छ । अमेरिकी संसद्को माथिल्लो सदन अर्थात सिनेटमा ट्रम्प विरुद्धको महाअभियोग प्रक्रिया अगाडि बढाइएको हो ।
सिनेटमा ट्रम्पलाई लगाइएको आरोप पढेर सुनाइसकिएको छ । साथै, प्रक्रियामा सहभागी हुन स्बै सिनेटरहरुलाई सपथ खुवाइएको अन्तरराष्ट्रिय समाचार माध्यमहरुले बताएका छन् । 
ट्रम्पमाथि संविधान उल्लघन गरेको आरोप छ । उनले युक्रेनलाई आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो बाइडनविरुद्ध अनुसन्धान गर्न दबाव दिएको बताइएको छ । तर, ट्रम्पले यस्तो आरोप अस्वीकार गर्दै आएका छन् ।
सिनेटमा ट्रम्पविरुद्ध हुने सुनुवाईका लागि मंगलबारदेखि शुरुवाती बयान हुनेछ । त्यहाँका सर्वाेच्च अदालतका प्रधानन्यायाधीस जोल रोवर्ट्सले सुनाई प्रक्रियाको अवालोकन गर्ने बताइएको छ । 
ट्रम्पलाई पदबाट हटाउन सिनेटको दुई तिहाई मत आवश्यक हुन्छ । तर, सिनेटमा सत्तारूढ रिपब्लिकन पार्टीको मत बढी भएकाले ट्रम्पले सफाइ पाउने सम्भावना पनि उत्तिकै देखिन्छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया