स्थानीय तहले १४ प्रतिशत सेवाग्राहीसँग घुस मागे

४ बर्ष अगाडि

स्थानीय तहमा सेवा लिन जाने १४ प्रतिशत जनताले स्थानीय तहबाट भ्रष्टाचार भोगेको तथ्य सार्वजनिक भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको सर्वेक्षणमा १४ प्रतिशत सेवाग्राहीले स्थानीय तहमा आफै भ्रष्टाचार देखे भोगेको बताएका छन् । 

परामर्शदाता नेशनल ईन्स्टिच्युट फर डेभलपमेण्ट एण्ड रिसर्च प्रा.लि.ले देशका १५ जिल्लामा अध्ययन/सर्वेक्षण गर्दा यस्तो तथ्य फेला परेको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार १४.९ प्रतिशत सेवाग्राहीले स्थानीय तहमा काम गराउँदा नियम कानुन विपरीत घुस माग्ने र भ्रष्टाचार गर्ने गरेको आफैले भागेको बताएका थिए ।

भोग्नेमध्ये देशभरीमा सबैभन्दा धेरै कर्णाली प्रदेशका ३१.६ प्रतिशत जनता छन् । तर भोग्नेमध्ये ५७.३ प्रतिशतले कतै कुनै उजुरी नगरेको बताएका थिए ।

भ्रष्टाचार भोग्नेभध्ये १६ दशमलव ६ प्रतिशत सेवाग्राहीले जति माग्यो त्यति तिर्ने, १७ दशमलव ९ प्रतिशतले कार्यालय प्रमुखसँग उजुरी गर्ने, ८ दशमलव ३ प्रतिशतले झगडा गर्ने र ७ प्रतिशतले भनसुन गरेर कुरा मिलाउने गरेको फेला परेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया