५ पर्यटक र ४ नेपाली श्रमिक हिउँपहिरोमा हराए

४ बर्ष अगाडि

अन्नपूर्ण बेसक्याम्प जान हिँडेका  ५ विदेशी पर्यटक र ४ नेपाली श्रमिक सहित ९ जना हिउँ पहिरोमा हराएका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ हिमालय र देउराली नजिकै हिउँ पहिरोमा ४ जना नेपाली श्रमिक सहित ४ जना कोरियन र १ जना चिनीयाँ पर्यटक हराएको प्रहरीले जनाएको छ । 

उनीहरु नेट नेपाल नामक ट्रेकिङ एजेन्सीमार्फत बेसक्याम्प जान लागेको गण्डकी प्रदेश प्रहरी प्रमुख डीआइजी विनोद शर्मा घिमिरेले बताए । 

 ट्रेकिङ एजेन्सीमार्फत ९ कोरियाली सहित १४ जना बेसक्याम्प जाँदै थिए । उनीहरुमध्ये ४ कोरीयाली र १ चिनीयाँ तथा ४ नेपाली सम्पर्कमा नरहेको जानकारी प्राप्त भएको छ । 

अत्यधिक हिमपातले ओहोरदोहोर गर्ने अवस्था नपनि नरहेको र हेलिकोप्टर पठाउन सकिने अवस्था नरहेकोले खोजीमा समस्या भएको प्रहरीको भनाई छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया