क्रिस्चियन अभियुक्तको पक्षमा आन्दोलन गर्ने ८६ पाकिस्तानीलाई ५५ वर्षको जेल

४ बर्ष अगाडि

पाकिस्तानमा एक क्रिस्चियन महिलालाई निर्दोष सावित गर्न प्रदर्शनमा सहभागी धार्मिक पार्टीका ८६ सदस्यलाई अदालतले सजाय सुनाएको छ ।

रावलपिण्डीस्थित गारिसन सहरस्थित अदालतले उनीहरुमध्ये हरेकलाई ५५ वर्षको जेल सजाय सुनाएको हो । तेहरिक ए लब्बइक या रासूल अल्लाह ९टिएलवाईआरए० पार्टीका अभियन्ताहरुविरुद्ध अदालतले यस्तो फैसला सुनाएको हो ।

हिंसात्मक प्रदर्शनजमा सहभागी भएपछि उनीहरु २०१८ को नोभेम्बरमा पक्राउ परेका थिए । त्यसबेला उनीहरु सर्वोच्च अदालतको फैसला विरुद्ध प्रदर्शनमा सहभागी भएका थिए । क्रिस्चियन महिला आसिआ बिबीलाई २००९ मा धर्म तथा ईश्वरनिन्दा गरेको अभियोगमा मृत्युदण्ड दिइएको थियो ।

तर सर्वोच्च अदालतको उक्त फैसलाको विरोध गर्दै खदिम हुसेन रिज्दी नेतृत्वको टिएलआरवाईए पार्टीका अभियन्ताहरुले विशाल प्रदर्शन गरेका थिए । 

उनीहरुले सडक अवरुद्ध पार्नुका साथै हिंसात्मक प्रदर्शन गरेका थिए । इथान वाली गाउँकी क्रिस्चियन महिला बिबीमाथि मुस्लिम धर्मको अपमान गरेको र दुई मुस्लिम महिलालाई ईश्वरनिन्दा गरी भड्काएको आरोप थियो ।एजेन्सी 

४ बर्ष अगाडि

प्रतिक्रिया