पाँच पर्यटकको जीवितै उद्धार, हिमपहिरोमा हराएका चार जना अझै भेटिएनन्

४ बर्ष अगाडि

अन्नपूर्ण आधार शिविर जाने क्रममा हिँजोदेखि सम्पर्कबिहीन भएका पाँच पर्यटकको जीवितै उद्धार गरिएको छ । 

अत्यधिक हिमपात र हिमपहिरोपछि सम्पर्कबिहीन भएका चार कोरियन र एकजना नेपालीको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले बताए ।  

सम्पर्कबिहीन भएका मध्ये बाँकी दुई जना कोरियन नागरिक र दुई जना नेपाली गाईड भने फेला परेका छैनन् । 

शुक्रबार घुम्न गएका नेपाली पदप्रदर्शक र नेपाली सहित ९ जना कास्कीको अन्नपूर्ण गाउँपालिका–११ हिमालय र देउरालीबाट बेपत्ता भएका थिए । 

उद्धार गरिएका पाँचै जनालाई आधार शिविरबाट हिमालय भन्ने स्थानमा ल्याएर राखेको बताउँदै कार्कीले मौसम सुधार हुनासाथ हेलिकप्टरमार्फत पोखरा ल्याइने जानकारी दिए ।

हराइरहेकाहरुको खोजीका लागि स्थानीय पर्यटन व्यवसायी र प्रहरीसहितको सात जनाको टोली परिचालन भएकोमा आवश्यक सामग्रीसहितको पाँच जनाको अर्को टोली पनि छुमरुङ पुगेको कार्कीले बताए । 

अत्यधिक चिसोको कारण उद्धारमा कठिनाइ भइरहेको उनको भनाई छ । 

नेट नेपाल नामक ट्रेकिङ एजेन्सीमार्फत ९ कोरियाली सहित १४ जना बेसक्याम्प जाँदै क्रममा हिमपहिरो गएपछि ९ जना सम्पर्कबिहीन भएका थिए । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया