दाङ घोराहीमा नयाँ होटल सञ्चालनमा

४ बर्ष अगाडि

जिल्लामा पछिल्लो समय सुविधासम्पन्न होटल खुल्दै गएका छन् ।

सानास्तरका होटल रहे पनि ठूला होटल नहुँदा जिल्लामा कार्यक्रम गर्दा समस्या पर्ने गरेको थियो । पछिल्लो समय खुल्दै गएका होटलले जिल्लाको आवश्यकतालाई पूरा गर्दै गएका छन् ।  

 होटलको आवश्यकतालाई पूरा गर्नसँगै जिल्लाको पर्यटन विकासमा समेत होटलले सहयोग पु¥याउनले बताइएको छ । दाङको घोराहीमा रु ६० लाखको लगानीमा होटल सिटी स्टार सञ्चालनमा आएको छ । घोराही उपमहानगरपालिका–१५ ट्राफिक चोकमा होटल सिटी स्टार रेष्टुरेन्ट तथा लज सञ्चालनमा आएको हो ।

 विगत पाँच वर्षदेखि होटल व्यवसायी क्षेत्रमा लाग्नुभएका अर्घखाँची निवासी टीकाराम भुसालले स्तरीय सुविधासम्पन्न होटल सञ्चालनमा ल्याएका हुन ।  होटलमा बस्न चाहने पाहुनाका लागि सर्वसुलभ मूल्यमा खाना, नास्तासँगै बास बस्नका लागिसमेत व्यवस्था रहेको होटल सञ्चालन भुसालले बताए ।

त्यस्तै उहाँले नेपाल भ्रमण वर्षलाई सहयोग पुगोस् भनेर होटलका प्रत्येक कोठाका ढोकामा राप्तीको पर्यटकीय चिनारी दिने उद्देश्यले धार्मिक तथा पर्यटकीयस्थलको फोटोसमेत राखिएका जानकारी दिए । 

 होटलको एक कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासङ्घका प्रदेश नं ५ का उपाध्यक्ष हेमराज बञ्जाडे, दाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायणप्रसाद भुसाल, दाङ देउखुरी होटल व्यवसायी समितिका अध्यक्ष रुद्रप्रसाद डाँगीलगायतले उद्घाटन गरेका थिए । महासङ्घका प्रदेश उपाध्यक्ष बञ्जाडेले जिल्लामा ठूलास्तरका होटल खुल्दै गएका बताए ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया