गठबन्धनका उम्मेदवारलाई मत हाल्न राजपाकाे ह्वीप

४ बर्ष अगाडि

राष्ट्रियसभा चुनावका लागि प्रदेश २ मा हुनसक्ने चलखेललाई रोक्न राष्ट्रिय जनता पार्टी नेपालले पार्टीका मतदातालाई राजपा–नेकपा गठबन्धनका उम्मेदवारलाई मत हाल्न ह्वीप जारी गरेको छ । 

शनिबार पार्टी कार्यालयमा बसेको अध्यक्षमण्डलको बैठकले त्यस्तो ह्वीप जारी गरेको हो ।

समाजवादी पार्टीले राजपा नेपालको मत चोर्ने भनि समाचारहरु बाहिर आएपछि राजपा नेपालले त्यस्तो निर्णय गरेको हो । 

राष्ट्रिय सभा चुनावमा काँग्रेससँग चुनावी गठबन्धन गरेको समाजवादी पार्टीले प्रदेश २ का राष्ट्रिय सभाका उम्मेदारलाई जसरी पनि जिताउने प्रतिवद्धता जारी गरेपछि राजपा नेपाल तर्सिएको हो ।

राजपा र नेकपाबाट कसरी मत तान्ने त्यसको रणनीति बनाउन समाजवादी पार्टी लागेको छ ।

सो पार्टीले त्यसका लागि नेकपाका अध्यक्ष प्रचण्ड र राजपा नेपालका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरसँग पनि छलफल गरेको छ ।  

समाजवादी पार्टीले आफ्ना गतिविधि तीब्र बनाएपछि राजपा नेपालले आज बैठकबाट नै ह्वीप लगाउने निर्णय गराएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया