प्रभु इन्स्योरेन्सले लाभांश प्रस्ताव गर्नै बोलायो साधारण सभा

४ बर्ष अगाडि

प्रभु इन्स्योरेन्सले लाभांश प्रस्ताव सहित २४ औँ वार्षिक  साधारण सभा बोलाएको छ। 

कम्पनीले ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ११.३२ प्रतिशत गरी कूल १६.३२ प्रतिशत लाभांश पारित गर्ने साधारण सभा बोलाएको हो ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले माघ १० गते एक दिनका लागि शेयर दाखिल खारेज दर्ता बन्द गर्ने भएको छ। 

कम्पनीको  चुक्ता पूँजी १ अर्ब ५० लाख रहेको छ। ५ प्रतिशत बोनस शेयर वितरणपश्चात चुक्ता पूँजी १ अर्ब ५ करोड ५३ लाख पुग्नेछ।

कम्पनीको साधारण सभा माघ २४ गते  प्रभु कम्प्लेक्स, तीनकुने, काठमाण्डौमा बिहान ११ बजे हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया