कांग्रेसले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउँने

४ बर्ष अगाडि

 प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सूचना प्रविधि विधेयकविरुद्ध देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत् आज९आइतबार० सरकारलाई विरोधपत्र बुझाउँदै छ ।

७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् विधेयक सच्याउन माग गर्दै विरोधपत्र बुझाउन लागिएको कांग्रेस मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।

कांग्रेसले संविधानविपरीतका गतिविधिविरुद्ध पनि विरोधपत्र बुझाउन लागेको उनले जानकारी दिए ।

गएको पुस १७ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सूचना प्रविधि विधेयक तथा नेपाल विशेष सेवा गठन र संचालनसम्बन्धी विधेयकले संविधानप्रदत्त नागरिक अधिकार हनन हुने निष्कर्ष निकालेको थियो ।

केन्द्रीय समिति बैठकले गत पुस २८ गते जिल्ला प्रशासन कार्यालयहरुमार्फत् सरकारलाई विरोध पत्र बुझाउने निर्णय गरेपनि पार्टीको आन्तरिक किचलोका कारण हुन सकेको थिएन ।

४ बर्ष अगाडि

प्रतिक्रिया