आज कति छ सुन चाँदीको बजार भाउ

४ बर्ष अगाडि

यो साता पहिलो कारोबार दिन आइतबार सुनको भाउ तोलामा रु २०० ले बढेको छ ।

गत शुक्रबारको तुलनामा सुनको भाउ तोलामा रु २०० ले बढेर आइतबार प्रतितोला छापावाल सुन रु ७५ हजार र तेजाबी सुन रु ७४ हजार ७०० कायम भएको हो ।

नेपाली बजारमा सुनको भाउ गत साताको पहिलो कारोबार दिनदेखि नै घट्न थालेकोमा यो साताको पहिलो दिनदेखि थोरै बढेको हो । गत साता समग्रमा सुनको भाउ तोलामा रु २०० ले घटेको थियो ।

गत महिना पुसको तेस्रो कारोबार सातामा भने सुनको भाउमा उछाल आएको थियो । पुस २३ गते नेपाली सुन बजारमा सुनको भाउले उच्च रेकर्ड कायम गरेको थियो । यो दिन सुन प्रतितोला छापावाल रु ७६ हजार ५०० र तेजाबी सुन रु ७६ हजार २०० कायम भएको थियो ।

गत पुस २३ गतेबाट घट्न थालेको सुनको भाउमा अहिलेसम्म तोलामा रु १ हजार ५०० को गिरावट आइसकेको छ ।

यो साता पहिलो कारोबार दिन चाँदीको भाउ भने घटेको छ । आज चाँदी प्रतितोला रु १० ले घटेर रु ८८० रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी प्रतितोला रु ८९० मा कारोबार भएको थियो।

४ बर्ष अगाडि

प्रतिक्रिया