पत्रकार शालिकरामकाे मूल्य २ कराेड ? निकिताले दीपाश्री मार्फत प्रस्ताव गरेकाे भन्ने हल्ला कसले चलायाे ?

४ बर्ष अगाडि

चितवनको एक होटलमा आत्महत्या गरेका पत्रकार शालिकराम पुडाशैनीको परिवारलाई २ करोडको प्रलोभनमा मुद्धा फिर्ता लिन दवाव दिएको हल्ला चलाइएकाे छ । 

सञ्चारकर्मी रवि लामिछानेकी श्रीमती निकिताले कलाकार दीपाश्री निरौलामार्फत शालिकरामकी श्रीमती सम्झनालाई मुद्धा फिर्ता लिन प्रस्ताव पठाएको भन्ने हल्ला कसले र किन चलायाे भन्दै जनआस्था साप्ताहिकले समाचार लेखेको छ । 

लामिछानेले आफूलाई रवि लामिछानेले मानसिक यातना दिएको कारण आत्महत्या गर्नुपरेको भिडियो बनाएका थिए ।   

सोही आधारमा लामिछाने लगायत विरुद्ध अदालतमा मुद्धा आत्महत्या दुरुत्साहन मुद्धा समेत परेको छ । 

विकिन कान्दधबाले फेसबुकमा लेखेको भन्दै जनआस्था लेख्छ – 

‘रविपत्नी निकिताले शालिकरामपत्नी सम्झनालाई दुई करोड लिएर मुद्दा फिर्ता लिन दीपाश्री निरौलामार्फत आग्रह गरेको खुलासा । होला त यस्तो सत्य ? समर्थन र लोकप्रियताको आडमा यस्तो भ्रम छर्न पाइन्छ ?

आत्महत्या गर्नुपरेको आरोप ई आरोप लगाउँदै चितवनमा पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा कतिपय बेरोजगारले रोजगारी पाएका छन् भने यससँगै सामाजिक सञ्जाललाई बहस, छलफल, गालीगलौज, अभद्रता र उच्छृंखलताले ढाकेको छ । 

एक बीस हिउँदमात्र खाएको कलिलो उमेरकी सम्झना  मनमा अनगिन्ती पीडा सम्हाल्दैछिन् तर दुनियाँ उनको आँशुमा मजाक मनाइरहेछ ।  

शालिकरामका बा–आमा पनि यो हल्लाखल्लाबाट पर एकान्त गाउँतिर समेत सामाजिक सञ्चारको सनसनीले हैरानीमा परेका छन् ।

एक सचेत नारीको प्रेम खोस्न अर्की नारी किन मरिहत्ते गर्छे यथार्थको धरातल छाडेर ? प्रश्न गहन थिएन र ? सम्झनाका लागि बलिदान फिल्मको गीत नै काफी छः गाई त बाँध्यो ढुंग्रोमा मोही छैन । गरिबको चमेली बोल्दिने कोही छैन । 

सम्झनाका बा माओवादीतर्फबाट वडाध्यक्ष रहनु र रेणु, प्रचण्डको सत्तासँग साइनो जोडिनु विषयान्तर गर्ने अच्छा बहाना हुन् ।

यदि, सम्झनासँँग त्यही राजनीतिक पावर थियो भने उनको न्यायका लागि हजारौं उफ्रिन्थे । उनी त सिउँदो मेटेर न्याय खोज्न आएकी थिइन् ।

फरक यति मात्रै हो कि हिजो राजा प्रताप मल्लले पुत्र वियोगको पीडामा रहेकी रानीलाई खुशी पार्न गाईजात्रा चलाए भने आज कानुनभन्दा माथिका राजावादी चिन्तन बोक्नेहरूले सम्झनाको आलो पीडामा नुनचुक छर्कन सामाजिक सञ्जालको सहारा लिए ।’ 

४ बर्ष अगाडि

प्रतिक्रिया