सरकारले पाउने भयो २ अर्ब १७ करोड ८० लाख लाभांश

४ बर्ष अगाडि

नेपाल सरकारले सेयर लगानी गरेको आयल निगमबाट २ अर्ब १७ करोड ८० लाख लाभांस पाउने भएको छ । 

निगमले चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश पाउने दिने निर्णय गरेपछि सरकारले सो लाभांस पाउने भएको हो । 

निगममा सरकारको ९९ प्रतिशत सेयर छ ।

बाँकी १ प्रतिशत सेयर नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, राष्ट्रिय बीमा संस्थान, खाद्य व्यवस्था तथा व्यापार कम्पनी (साबिकको नेशनल ट्रेडिङ लिमिटेड), अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वाणिज्य विभागको छ । 

उनीहरुले पनि लाभांस बापत २ करोड २० लाख लाभांस पाउने छन् । उनीहरुमध्ये हरेकको भागमा करिब ३१ लाखका दरले लाभांस आउने छ । 

निगमको ३८औं साधारणसभाले रु ११ अर्ब चुक्तापूँजीको २० प्रतिशत लाभांश दिने निर्णय गरेको थियो । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया