दुई घण्टामा २७ अंकले बढ्यो नेप्स, कारोबार पनि एक अर्ब हारहारी

४ बर्ष अगाडि

नेपाल स्टक एक्सचेन्ज नेप्से कारोबारको दोस्रो घण्टामा पनि दोहोरो अंकले बढे्को छ ।

कारोबारको केही समय मै दोहोरो अंकले बढे्को परिसूचक दोस्रो घण्टाको अन्तिम समय सम्म आउदा २७.६६ अंकले बढेको छ ।

आज १३१०.२३ को बिन्दुबाट सुरु भएको कारोबार दुई घण्टाको अवधीमा  १३३७.६६ को बिन्दुमा पुगेको हो ।

आज ११ बजे  विन्दुबाट १३१०.२३ शेयर कारोबार सुरु भएको थियो भने १ बजेसम्म आउँदा त्यो परिसुचक २.०९ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ समूह मध्य एक समूह मात्र ओरालो लागेको छ ।

त्यस्तै अहिलो कारोबार भइरहेको १७३ कम्पनीको२७ लाख ६६ हजार कित्ता शेयर किन बेच हुदाँ ९९ करोड २४ लाख बराबरको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया