तिन घण्टामा ३१ अंकले बढ्यो नेप्से, १ अर्ब १० करोड कारोबार

४ बर्ष अगाडि

नेपाल स्टक एक्सचेन्ज नेप्से कारोबारको तेस्रो घण्टामा ३१.०४अंकले उकालो लागेको छ ।

कारोबारको केही समय मै दोहोरो अंकले बढे्को परिसूचक दोस्रो घण्टाको अन्तिम समय सम्म आउदा ३१ अंकको हारहारीमा बढे्को हो ।

आज १३१०.२३ को बिन्दुबाट सुरु भएको कारोबार तिन घण्टाको अवधीमा  १३४१.२७ को बिन्दुमा पुगेको हो ।

आज ११ बजे  विन्दुबाट १३१०.२३ शेयर कारोबार सुरु भएको थियो भने २ बजेसम्म आउँदा त्यो परिसुचक २.३७ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ समूह मध्य एक समूह मात्र ओरालो लागेको छ ।

त्यस्तै अहिलो कारोबार भइरहेको १७७ कम्पनीको ४२ लाख ५१ हजार कित्ता शेयर किन बेच हुदाँ १ अर्ब ४७ करोड बराबरको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया