२५ करोड बराबरको आईपिओ ल्याँउदै विन्ध्यवासिनी हाइड्रो

४ बर्ष अगाडि

२५ करोड रुपैयाँ बराबरको आईपिओ निष्कासन गर्न विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले धितोपत्र बोर्डमा अनुमति मागेको छ ।

उक्त कम्पनीले आईपिओ निष्कासन गर्ने अनुमति माग्न माघ १ गते धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि कुल २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता शेयर निष्काशन गर्न लागेको छ ।

उक्त आईपीओको १० लाख कित्ता शेयरमा आयोजना प्रभावित स्थानीयले आवेदन दिन पाउनेछन् भने बाँकी रहेको १५ लाख कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

त्यस्तै, कम्पनीले आईपीओ निष्काशनका लागी यस अघि नै सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ ।

कम्पनीले ८.८ मेगावाटको रुदीखोला ए आयोजना (कास्की) यस अघि नै निर्माण सम्पन्न गरिसकेको छ ।

त्यस्तै, कम्पनीले अहिले निर्माण गिररहेको ६.६ मेगावाटको रुदीखोला बि आयोजना (लमजुङ)पनि नर्माण सम्पन्न हुने अन्तिम चरणमा पुगेको छ ।
 
 

४ बर्ष अगाडि

प्रतिक्रिया