नेप्सेमा भोलीबाट नेपालकै ठूलो वाणिज्य बैंकको कारोबार खुल्दैै, कति छ ओपनिङ रेन्ज ?

४ बर्ष अगाडि

भोलीबाट ग्लोबल आईएमई बैंकको  शेयर कारोबार खुल्ने भएको छ । 

यस अघि लामो समय सम्म मर्जर प्रक्रियाका कारण नेप्सेमा बैंकको कारोबार बन्द रहेको थियो ।

जनताबैंकसगँ मर्ज भएसगैँ भोली माग ६ गतेबाट पहिलोपल्ट ग्लोबलको कारोबार खुल्न लागेको हो ।भालीबाट कारोबार खुल्ने भए पछि नेप्सेले बैंकको  पहिलो कारोबारको लागि मूल्य तोकेको छ ।

नेप्सेका अनुसार मर्जरपश्चात २५२.४७ रुपैयाँमा बैंकको पहिलो कारोबार  हुनेछ ।असार २२ गते देखि दोस्रो बजारमा शेयर कारोबार रोक्का रहेको ग्लोबल र जनता बैंकले मंसिर २० गतेदेखि एकीकृत कारोबार सुरु गरिसकेका छन्।

यस अघि बुधबार बैंकले  ७ करोड २० लाख ८७ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको थियो।जनतासगँको मर्जर पश्चात नेपालकै ठूला वाणिज्य बैंक बनेको ग्लोबल आइएमईको मर्जर अघिको अन्तिम कारोबार २९५ रुपैयाँेमा भएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया