अग्नि सापकोटा सभामुख, नेकपाले ग¥यो औपचारिक निर्णय

४ बर्ष अगाडि

संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको सभामुख अग्नि सापकोटा हुने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाले सापकोटालाई सभामुख पदको उम्मेदवार नेता अग्नि प्रसाद सापकोटालाई बनाउने निर्णय गरेपछि उनी सभामुख हुने पक्का भएको हो । 

किनकी प्रतिनिधि सभामा नेकपा लगायत सत्तापक्षको बहुमत छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए । 

यसअघि आइतबार बिहान नै नेता  सापकोटाको नाममा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच सहमति भएकोमा सचिवालय बैठकले औपचारिक निर्णय गरेको हो । 

तत्कालीन सभामुख कृष्ण बहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त रहेको छ भने सो पद कसले लिने भन्नेमा नेकपाभित्र विवाद बन्दै गएकोमा आइतबार ओली र प्रचण्डबीच पूर्वमाओवादी समूहका सापकोटाको नाममा सहमति जुटेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया