काठमाडाैंबाट एकैदिनमा ५० लाखको सुर्ति प्रहरीले लग्याे

४ बर्ष अगाडि

काठमाडौंमा प्रहरीले राजश्व छलेर ल्याएको रु ५० लाख बराबरको सुर्ति बरामद गरको छ । 

महानगरीय अपराध महाशाखाले उपत्यकाका ३ वटा सुर्तिजन्य पदार्थको गोदाममा छापा मारेर सो सुर्ति बरामद गरेको हो । 

सुन्धारा र गौशाला तथा ललितपुरको धापाखेलमा रहेको सुर्जिजन्य पदार्थको गोदाममा छापा मारेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार भारतबाट अबैध रुपमा राजस्व छली गरेर सुर्तिजन्य पदार्थ ल्याइएको सूचनाको आधारमा छापा मार्दा सो सुर्ति बरामद  भएको हो । ।

प्रहरीले राजश्व छलेर सुर्तिजन्य पदार्थको कारोबार गर्ने केही मानिस पनि पक्राउ परेको र भोली सार्वजनिक गर्ने बताएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया