कृषि विकास बैंकले  ४८ करोड ६६ लाख खराब कर्जा घटायाे

४ बर्ष अगाडि

कृषि विकास बैंकले एकवर्षमा १०.३१ प्रतिशतले  खराब कर्जा घटाएको छ । 

बैंकको खराब कर्जा गतवर्षको पुस मसान्तदेखि यो वर्षको पुस मसान्तसम्म रु ४८ करोड ६६ लाखले घटेको हो । 

गत वर्षको पुसमा रु ४ अर्ब ७१ करोड खराब कर्जा  रहेको बैंकमा यो वषएको पुस मसान्तमा भने ४ अर्ब २३ करोडमा झरेको बैंकका कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले जानकारी दिए । 

बैंकले एक वर्षमा निक्षेप संकलन १७ अर्ब रुपैयाँ बढाएको छ ।

गत वर्ष पुस मसान्तसम्म १ खर्ब १० अर्ब रुपैयाँ निक्षेप रहेको बैंकमा यो वर्षको पुस मसान्तसम्म १ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । 

यो गतवर्षको तुलनामा १५ .४४ प्रतिशतले बढी हो । 

तथ्यांकअनुसार बैंकको कर्जा तथा लगानी १०.२३ प्रतिशतले बढेको छ । १ वर्षको अवधीमा १ खर्ब ६ अर्ब रुपैयाँ कर्जा तथा लगानी रहेको बैंकको यो वर्षको पुस मसान्तमा आइपुग्दा १ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया