पर्यटक तान्दै ‘जेटबोट’

४ बर्ष अगाडि

भोजपुर । हसनपुरबाट जेटबोट चढेर केहि मिनेटमा चतराधाम पुगिन्छ भन्दा अचम्म लाग्न सक्छ । ‘अक्करको भिर’ त्यसैपनि भिरालो, साँघुरो र अप्ठ्यारो जोखिमपूर्ण यात्रा गर्नु पर्ने हुन्छ । यही अक्करको बाटो हुदै कुनैवेला भोजपुर लगायत सोलुखम्बु, खोटाङ, संखुवासभा र ओखलढुङ्गाका मानिसहरु ढाकारमा भारी बोकेर ओहोरदोहोर गर्थै । 
यतिवेला भने, सर्वसाधारणलाई धरान, विराटनगर पुग्न अरुण नदिमा जलयातयात मार्फत यात्रा गर्नुपर्छ । बर्षाैदेखि नदि पार गर्न काठको नाउँलाई लिनुपर्थाे, तर २ वर्ष अघि सञ्चालनमा आएको ‘जेटबोट’ ले सर्वसाधरणको दैनिकीमा परिवर्तन भएको छ । जेटबोट सञ्चालनमा आएपछि दुरी छोटिने र जोखिम कम हुने भएपछि सर्वसाधरणलाई आवतजावतमा सहज मिलेको छ ।
जेटबोट चलेपछि नाउँबाट जोखिम मोलेर नदि वारपार गर्नुपर्ने सास्ती हटेको छ । विरामी, सामान ढुवानी र यात्रुलाई जेटबोटले सहज बनाएको छ । हतुवागढी गाउँपालिका ९, हसनपुरको कोप्चेबाट करिब १९ किलोमिटरको दुरी १५ मिनेटमै पार हुन थालेपछि  सर्वसाधरणको दैनिकी फेरिएको हतुवागढी गाउँपालिका–१ का नारायण निरौला बताउनुहुन्छ । 
‘पहिले जस्तो काठको नाउँबाट जोखिम मोल्नुपर्ने अवस्था छैन ।, जेटबोट सञ्चालन भएपछि त आरामसँग ठाउँमा नै पु¥याइदिन्छ’ निरौलाले बताउनुभयो । ‘ज्यान पनि सुरक्षित भयो, सामानहरु पनि सुरक्षित हुन्छ’ यसअघि भिरको भिरालो बाटो र नदि पार गर्दा नाउ पल्टिने जोखिमले विगतमा धेरै दुर्घटना हुने गरेको स्थानीय निरौलाले सुनाउुनभयो ।
अरुण नदि र दुधकोशी नदिमा जेटबोट चलेको यो नौलो होईन । तर वर्षौपछि सर्वसाधरणले नै सेवा पाएको भने यो पहिलोपटक हो । यसअघि त्यो बेला चतराघाटदेखि १ सय ७५ किलोमिटर लामो दोलालघाटसम्म हिलारी टिमले यात्रा गरेको थियो । पछि २०४८ सालमा अरुण तेश्रो जलविद्युत आयोजनाको टेन्डरको क्रममा तुम्लिङटारसम्म जेटबोट ल्याईएको थियो । त्यसैगरी, सगरमाथा आरोहण गर्ने प्रथम विदेशी आरोही न्युजिल्यान्डका सर एडमन्ड हिलारी र उनको टोलीले सन् १९६८ मा चतराको सप्तकोसी नदीबाट जेटबोट चलाएर उदयपुरको दोलालघाटसम्म जलयात्रा गरे । 
विशेषगरि दिनहुँ सयौँको संख्यामा जेटबोट चढेर सुनसरीको चतराधाम जाने र फर्कने तिर्थालुहरुको लाम लाग्ने गर्छ । पहिले साता दिन लगाएर धाम धाउनुपर्ने सास्ती कम भएको तिर्थालुहरु बताउँछन् । हतुवागढी गाउँपालिका ९ हसनपुरका सञ्जाल राईले बताउनुभयो, खैराङकी राईले भन्नुभयो्, ‘जेटबोटले एकैदिनमा तिर्थधाम गएर पनि फकाईदिन्छ, पहिले जस्तो सातादश दिन हिँडेर धाउनुप¥या छैन’
राज्यले जल यातायातमा ठोस नीति नबनाउँदा जल पर्यटन सोचेजति फस्टाउन नसकेको विगत ३० वर्षदेखि जेटबोट चलाउँदै आएका चालक बृष राई दनुवारले बताए । उनले राज्यको ठोस नीति नहुँदा लगानीकर्तालाई सास्ती खेप्नुपरेको बताए । सरकारले जल यातायातमा रुट पर्मिट, नियमन बनाउनुपर्ने, अनुमति पाउने प्रावधान बनाईदिनुपर्ने उनले बताए । जेटबोटबाट धनकुटाको साँघुरीगढी गाउँपालिका, शहिदभुमि गाउँपालिका, उदयपुरको बेलका नगरपालिका र भोजपुरको आमचोक र हतुवागढी गाउँपालिकाका सर्वसाधरणहरु लाभान्वित छन् । 
अहिले नेपाल रिभर ट्रान्सपोर्ट प्रालि २ र बराह क्षेत्र मरिन एण्ड रिसोर्टस प्रालिको ७० र ३५ सिटका २ गरी ४ वटा जेटबोट सञ्चालनमा छन् । जेटबोट व्यावसायीले प्रतिव्यक्ति ५ सय रुपैँया भाडादरमा यात्रु बोक्ने गर्छ । यात्रुको जिउधनको सुरक्षा र समयको उचित बचत हुन थालेपछि पेशा पनि फस्टाएको व्यावसायीहरु बताउँछन् । जेटबोट सञ्चालक विशाल राईले भने, ‘जेटबोट आएपछि पहिले जस्तो समस्या छैन, विशेषगरि विरामीलाई सुविधासम्पन्न हस्पिटल पु¥याउन सहज भएको छ, पहिले लामो दुरी भएकाले विचैमै मृत्यू हुन्थ्यो’ 
स्थानीय सरकारले पनि जल पर्यटनलाई ध्यानमा राखेर पर्यटन प्रवद्र्धन गर्न जुट्ने प्रयास गरिरहेको हतुवागढी गाउँपालिकाका प्रमुख प्रेमकुमार राईले बताए । उनले भने, ‘जेटबोटमा आउने पर्यटकलाई हाम्रा पर्यटकीय क्षेत्र घुम्ने र घुमाउने किसीमका गाउँपालिकाबाट योजना बढाइरहेका छांै’ पर्यटकीय स्थललाई आगन्तुकको पहुँचमा पु¥याउने गाउँपालिकाले अध्ययन गरिरहेको उनले बताए । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया