कुकुरले मान्छे टोके समाचार बन्दैन… तर

४ बर्ष अगाडि

प्यूठान। चाल्स एन्डरसन डानाले २ सय वर्षअघि पत्रकारिता सिकाउँदै लेखेका थिए– ‘कुकुरले मान्छे टोके समाचार बन्दैन, तर मान्छेले कुकुर टोके समाचार बन्छ।’ तर, उनले कहाँ टोक्यो भनेचाहिँ कुकुरले टोके पनि समाचार बन्छ भनेर चाहिँ लेखेनन्।

प्यूठान जिल्लाको झिमरुक गाउँपालिका–२ बाँदिकोटका एक बालकको लिङ्ग कुकुरले खाइदिएका कारण यो समाचारको विषय मात्र बनेन, उनी र उनका बाबुआमाका लागि गम्भीर पीडाको विषय बनेको छ।

प्यूठानको बाँदिकोटमा २०६१ सालमा जन्मेका सन्तोषको सुतेको समयमा छिमेकीको कुकुरले लिंग खाइदिएको थियो। आमा बच्चालाई सुताएर बस्तुभाउलाई घाँसपात गर्दै हुनुहुन्थ्यो भने सन्तोषका बुबा गिरबहादुर केसी जागिरका लागि भारतमा हुनुहुन्थ्यो।

सन्तोष केसी अहिले १५ वर्षका भए। कुकुरले उनको लिङ्ग सात महिनाको बालकै हुँदा फेदैदेखि खाइदियो। केसी जब बालिग हुन थाले उनका परिवारमा चिन्ता थपिन थाल्यो। गरिब केसी परिवार यस बेला सहयोगको याचना गर्दै चारैतिर हात फिजाइरहेको छ।

छोराको उपचारका लागि आर्थिक अभाव भएपछि आमा बिजुली केसीले सबैसंँग सहयोगको आग्रह गर्दै भन्नुभयो– ‘उपचारका लागि धेरै ठाउँमा धायौं, तर खर्च नै धेरै भन्छन् ! सन्तोषको अहिले काठमाडौंस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा पहिलो चरणको सल्यक्रिया सम्पन्न भएको छ।नेपाल समाचारपत्रमा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया