नगद लाभांश बैंक खातामा जम्मा गर्दै चार कम्पनी

४ बर्ष अगाडि

लाभांश प्रस्ताव पारित गरेका ४ कम्पनीले नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गर्ने भएका छन् ।

यस अघि हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको  खातामा उक्त ४ कम्पनीहरुले  नगद लाभांश पठाउने भएका हुन ।

नगद लाभांश पठाउने कम्पनीहरुमा  समता लघुवित्त, गुडविल फाइनान्स, विजय लघुवित्त र मञ्जुश्री फाइनान्स रहेका छन् ।

गत आर्थिक वर्षको मुनाफाबाट समता लघुवित्तले ५.५२ प्रतिशत, गुडविल फाइनान्सले १० प्रतिशत,विजय लघुवित्तले ५ प्रतिशत र मञ्जुश्री फाइनान्सले ९.८० प्रतिशत नगद लाभांश जम्मा गर्ने छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया