महंगी नियन्त्रण गर्न सरकार असफल, राजधानीमै उच्च मुल्य बृद्धि

४ बर्ष अगाडि

काठमाडौं – सामान्यतया मुलुकको राजधनी भनेपछि त्यहाँ हरेक बस्तु तथा सामग्रीको मुल्य सस्तो हुनुपर्ने हो । संसारका अधिकांश मुलुकका राजधानीमा पनि तरकारी, खाद्य बस्तु लगायत कम मुल्यमा नै पाइन्छन् । तर, नेपालमा भने त्यसको ठिक उल्टो छ ।
राजधानीमा हरेक पुर्वाधारको विकास भएको हुन्छ, त्यस अवस्थामा राजधानीमा हरेक सामग्रीको मुल्य कम हुनुपर्ने हो । तर, नेपालको राजधानी काठमाडौंमा त्यस्तो अवस्था छैन ।
राजधानी काठमाडौंमा नेपालको अन्य क्षेत्रमा भन्दा उच्च मंहगी छ । नेपाल राष्ट्र बैंकको तथ्यांकले नै यस्तो देखाउछ । चालु आवको मंसिरमा काठमाडौं उपत्यकामा ७.६० प्रतिशत, तराईमा ६.६६ प्रतिशत, पहाडमा ५.२७ प्रतिशत र हिमालमा ४.८३ प्रतिशत मुल्य बृद्धि रहेको छ । २०७५ मंसिरमा यी क्षेत्रहरुमा क्रमशः ३.६८ प्रतिशत, ३.६५ प्रतिशत, ३.८४ प्रतिशत र ४.०५ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
समग्रमा सरकारले चालु आवमा मुल्य बृद्धि ६ प्रतिशत भन्दा माथि नपु¥याउने लक्ष्य लिएको थियो । तर, सरकारले मंसिरमा त्यो कायम गर्न सकेन । समग्रमा मंसिरमा मुल्य बृद्धि ६.५५ प्रतिशत पुगेको छ । गत कात्तिकमा मुल्य बृद्धि ६ प्रतिशत भन्दा कम थियो । यसरी सरकारले महंगाई नियन्त्रण गर्न नसकेको देखिन्छ । गत बर्ष सोही अवधीमा मुल्य बृद्धि ३.७१ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुल्य बृद्धि ९.७६ प्रतिशत र गैर–खाद्य तथा सेवा  समूहको मुल्य बृद्धि ४.१० प्रतिशत रहेको छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, मसला, फलफुल र दाल तथा गेडागुडी उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । गैर–खाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, लुगा तथा जुत्ता र फर्निसिब तथा घरायसी उपकरणहरु उपसमूहको मूल्य बढेको छ । 
अहिले प्याज जस्ता बस्तुको मुल्य बढेपछि महंगाई बढेको हो । साथै, भारतमा पनि मुल्य बृद्धि सिमा भन्दा बढी भएपछि त्यसको असर नेपालमा परेको हो । भारतमा अहिले मुल्य बृद्धि ७ प्रतिशत भन्दा बढी छ । यद्यपि, त्यहाँको सरकारले ४ प्रतिशतमा मुल्य बृद्धि सिमित राख्ने लक्ष्य लिएको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया