उद्योग मन्त्रालयले माग्यो दुई कम्पनीका लागि हाकिम, कस्ताले पाउछन् अवसर ?

४ बर्ष अगाडि

काठमाडौं – उद्योग वाणिज्य मन्त्रालय अन्तर्गतका दुई संस्थानले कार्यकारी प्रमुखका लागि आवेदन खुला गरेको छ । नेपाल पारवहन तथा गोदाम ब्यवस्था कम्पनी र नेपाल इन्टरमोडल यातायात विकास समितिले प्रमुख कार्यकारी माग गरेको हो ।

पारवहन तथा गोदाम ब्यवस्था कम्पनीको महाप्रबन्धक हुनका लगि जनप्रशासन, ब्यवस्थापन, मानविकी वा समाजशास्त्र विषयमध्ये एकमा स्नातकोत्तर हुनु पर्छ । ३० वर्ष उमेर पूरा भएको हुनु पर्ने छ ।

नेपाल इन्टर मोडल यातायात विकास समितिका लागि पनि स्नातकोत्तर अनिवार्य गरिएको छ। कम्तिमा पाँच वर्षको अनुभव हुनु पर्ने छ ।

दुवै पदका लागि उम्मेद्वारले ब्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण दिनु पर्ने छ । दुवै पदका लागि आगामी २१ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ । सर्टलिस्ट गरेकाहरुलाई मात्र कम्पनीले खबर गर्नेछ । त्यसपछि पदपूर्तिका लागि गठित समितिले एक जनालाई नियुक्त गर्ने छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया