जनकपुरकी रोजिना बनिन् मिस ग्ल्याम नेपाल

माघ ६, २०७६ | आजको अर्थ
ajaako_artha

काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम नेपाल २०२०’को उपाधि जनकपुरकी रोजिना बस्नेतले चुमेकी छन् । राजधानीको ठमेल स्थित छायाँसेन्टरमा आयोजित फाइनल प्रतिस्पर्धामा उनले शिर्ष उपाधिको साथमा मिस फोटोग्राफी, मिस मल्टिमिडिया र मिस बेष्टवाकको उपाधि समेत हात पारिन् ।

प्रतियोगितामा उनले उपाधिसँगै क्राउन, नगदका साथै बिभिन्न गिफ्ट समेत हात पारेकी छन् । १३ प्रतिस्पर्धी रहेको प्रतियोगीतामा बर्दिबासकी रेनुका बोगटी फष्टरनरअप र धरानकी सम्झना परियार सेकेण्ड भए । सम्झनाले मिस ग्ल्याम लुकको उपाधि समेत हात पारिन् । 

बिभिन्न अडिशनपछि मात्र फाइनल स्पर्धामा प्रतियोगी उत्रिएको आयोजक संस्था अरोमा इन्टरटेन्मेनट प्रा.लिका अध्यक्ष अशोककुमार तामाङले जानकारी गराए ।

अन्तिम प्रतिस्पर्धाको निर्णकमा गायिका सत्यकला राई, प्रथम नेपाल आइडल बुद्ध लामा, अभिनेत्री मिरुना मगर, निर्देशक मुस्कान ढकाल, मिस नेपाल आइडल २०१९ निमा लामु शेर्पा र सौन्दयबिद शशि शाही रहेका थिए ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८