किन घट्यो सिटिजन्स बैंकको मुनाफा ?

४ बर्ष अगाडि

चालु आर्थिक वर्षको  दोस्रो त्रैमासमा सिटिजन्स बैंकको मुनाफामा गिरावट आएको छ ।

गत आर्थिक वर्षको यसै अवधीको तुलानामा खुद ब्याज खर्च बढेसगैँ सिटिजन्सको नाफामा गरिावट आउन पुगेको हो ।

यस अघिको आर्थिक वर्षको दोस्रो त्रैमासमा ७७ करोड ३ लाख ४५ हजार खुद मुनाफा आर्जन गरेको बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६८ करोड ७७ लाख १ हजार मात्र खुद मुनाफा आर्जन गर्न सकेको छ । जुन अघिल्लो वर्षको मुनाफा भन्दा ८ करोडले कम हो । त्यस्तै बैंकको वितरण योग्य नाफा ६२ करोड १० लाख ५९ हजार रुपैयाँ रहेको छ ।

बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ अर्ब २९ करोड ६८ लाख आम्दानी गर्दा २ अर्ब ८० करोड २३ लाख ५२ हजार मात्रै बयाज खर्च गरेको थियो ।

उता बैंकले यस समिक्षा अवधीमा ३ अर्ब २५ करोड ब्याज खर्च गरेको छ भने यस अघि सोही अवधीमा बैंकले  २ अर्ब ८० करोड २३ लाख ब्याज खर्च गरेको थियो । 

त्यस्तै बैंकले यस अवधीमा १ अर्ब ४३ करोड ७९ लाख ९९ हजार खुद ब्याज आम्दानी गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया