ब्रिगेड र सङ्कटाले अङ्क बाँडे

४ बर्ष अगाडि

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा सङ्कटा क्लबले ब्रिगेड ब्वाइज (बीबीसी) क्लबसँग बराबरी खेल्दै अङ्क बाँडेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको पहिलो खेलमा सङ्कटा र बीबीसी क्लबबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएसँगै दुवै टोलीले एक एक अङ्क बाँडेका हुन् ।

खेलको विभिन्न समयमा दुवै टोलीले गोल गर्ने अवसर पाएता पनि त्यसको सदुपयोग गर्न नसक्दा खेल बराबरीमा टुङ्गिन पुग्यो । 

खेलमा बीबीसीका गोलरक्षक विशाल सुनार म्यान अफ द म्याच घोषित भए ।जारी लिगमा सात खेल खेलेको सङ्कटाले दुई जित, तीन बराबरी र दुई हारसहित नौ अङ्क जोडेको छ । त्यसैगरी समान सात खेल नै खेलेको ब्रिगेड ब्वाइजले दुई जित, तीन हार र दुई बराबरीसहित आठ अङ्क जोडेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया