पशुपति क्षेत्रमा भट्टी पसल भएपछि...

४ बर्ष अगाडि

काठमाडौँ। पशुपति क्षेत्रमा खुलेका मदिरा र भट्टी पसललाई पशुपति क्षेत्र विकास कोषले हटाउने तयारी गर्दैछ । सोका लागि कोषले स्थानीय वडा कार्यालयसँग परामर्श लिने कार्य सम्पन्न गरेको छ ।
काठमाडौँ महानगरपालिका वडा नं. ७ सिफललगायतका क्षेत्रमा भने वडा कार्यालय र सामुदायिक प्रहरीको संयुक्त अग्रसरतामा यी पसल हटाइने भएको छ ।
पशुपति क्षेत्रलाई मांस मदिरामुक्त क्षेत्र बनाउने क्रममा पहिलो चरणमा भटट्ी पसल चहार्दै मगन्ते जीवन बिताइरहेकालाई कोषले हटाएर मानव धर्म सेवा समितिको संरक्षकत्वमा व्यवस्थित गरेको छ । आश्रमबाट फर्केर यही प्रवृत्ति दोहरिन थालेपछि कोषले मदिरा पसल र भटट्ी हटाउन लागेको हो । कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाका अनुसार मगन्ते हटाएपछि अब यहाँका अव्यवस्थित फूल तथा पूजा सामग्री पसल हटाउने र भाडामा दिएकालाई स्थानान्तरण गरेर मदिरा, मांस पसल हटाइने जनाइएको छ ।
कोषले यस्ता पसल हटाउन सात दिने सार्वजनिक सूचनासमेत जारी गरिसकेको छ । गोरखापत्रमा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया