१ सय जना अधिकृत अलपत्र

४ बर्ष अगाडि

काठमाडौं। केन्द्रीय सरकार र स्थानीय तहको लापर्वाहीका कारण लोकसेवा आयोगबाट सिफारिस भएका १ सय जना अधिकृत अलपत्र परेका छन् । उनीहरूले तलबसमेत खान पाएका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अधिकृत माग गरेर पठाएका स्थानीय तहको गम्भीर लापर्वाही र त्रुटिका कारण उनीहरू जिम्मेवारी र पदविहीन अवस्थामा पुगेका हुन् ।  लोकसेवामा माग गरिएको पदलाई मन्त्रालय र स्थानीय तहले सुरक्षित राख्नुपर्नेमा त्यसअगावै अन्य कर्मचारीलाई समायोजन गरिँदा समस्या आएको हो ।

स्थानीय तह र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मागका आधारमा लोकसेवा आयोगले देशभरका स्थानीय तहमा अधिकृत छैटौं तहका लागि झन्डै दुई हजारलाई छनोट गरेको थियो । छनोट भएकामध्ये सय अधिकृतको दरबन्दी यसअघि नै कव्जामा परेकाले उनीहरू अलपत्र परेका हुन् ।
लोकसेवा आयोगबाट सिफारिस भए पनि स्थानीय तहले पद नभएको भन्दै उनीहरूलाई केन्द्रमै फिर्ता गरिदिएको छ । केन्द्रमा पनि उनीहरूका लागि कुनै पद छैन । परीक्षा दिएर अधिकृतमा उत्तीर्ण भए पनि जिम्मेवारी र पद नपाउँदा उनीहरू त्यसै भौंतारिरहन बाध्य छन् । राजधानी दैनिकमा यो खबर छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया