अब नेपाल एयरलाइन्सको घरेलु उडानको टिकट मोबाइल एपबाटै

माघ ७, २०७६ | आजको अर्थ
ajaako_artha

अब राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको घरेलु उडानको टिकट बुकिङ नेपाल एयरलाइन्सकै मोबाइल एपबाट सजिलै गर्न सकिने भएको छ । 

अहिले एन्ड्रोइड मोबाइलका लागि मोबाइल एप्लिकेसन बनेर सेवा सुरु भइसकेको छ भने आइओएसबाट पनि केही सातामै यो सेवा सुरु हुने छ ।  

अहिले अनलाइन बुकिङको लागि इसेवा र आइएमइ पेबाट भुक्तानी गर्न सकिन्छ । उनले अन्तर्राष्ट्रिय उडानको टिकट पनि बुक र खरिद गर्न मिल्ने गरी काम अगाडि बढिररहेको छ । यो सेवा केही साताभित्रै सुरु गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको छ ।  

नेपाल एयरलाइन्सु नाम रहेको राष्ट्रिय ध्वजावाहकको आधिकारिक मोबाइल एपबाट उडानमा हुने ढिलाइ र उडान रद्दलगायतका अन्य जरुरी सूचना पनि नोटिफिकेशनमार्फत् प्राप्त गर्न सकिनेछ । 

सुरुमा घरेलु उडानका लागि टिकट खरिद र बुकिङ गर्न सकिने भए पनि केही सातामै अन्तर्राष्ट्रिय उडानका टिकेट बुकिङ, नेपालका प्रमुख होटल तथा उडानका गन्तव्यहरुको बारेमा जानकारी दिनेगरी मोबाइल एप्लिकेशनमा काम पनि भैरहेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.७२११५.३२
European Euro१२४.२६१२४.९१
UK Pound Sterling१४८.७४१४९.५२
Swiss Franc११७.२२११७.८३
Australian Dollar७५.६६७६.०५
Canadian Dollar८६.२७८६.७२
Singapore Dollar८१.९५८२.३८