एनसीसी बैंकको शेयरमूल्य समायोजन

४ बर्ष अगाडि

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको नेप्सेमा शेयरमूल्य समायोजन भएको छ। 

बैंकले यस अघि प्रस्ताव गरेको बोनसका आधारमा शेयर मूल्य समायोजन गरेको हो ।

बैंकले यस अघि नै लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बुकक्लोज  गरिसकेको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनी हरुलाई  चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको शेयरमूल्य समायोजन पछि प्रतिकित्ता २०२ रुपैयाँ ६१ पैसा कायम भएको छ।

बैंकले यही माघ १७ गते २२ औँ वार्षिक साधारण सभा बोलाएको छ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया