राष्ट्रबैंकले निर्देशन दिएको एक महिना पछि हिमालयन बैंकले बोलायो साधारण सभा

४ बर्ष अगाडि

हिमालयन बैंकले आफ्नो  २७ औँ वार्षिक साधारण सभा बोलाएको छ ।विभिन्न अवरोधका विच बैंकले माघ २९ गते साधारण सभा डाकेको हो ।

यस अघि सञ्चालक समितिमा दाजुभाइको बर्चश्व गुम्ने भएपछि हिमालयन बैंकको साधारणसभा अनिश्चित भएको थियो ।

नयाँ सञ्चालक समेत निर्वाचित गर्नेगरी ३० दिनभित्र साधारणसभा सम्पन्न गर्न नेपाल राष्ट्रबैंकले पुस ७ मा निर्देशन दिएकोमा एक महनिा पछि आज बैंकले साधारण सभा आहवान गरेको हो ।

उक्त सभामा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, उक्त सभामा  सञ्चालकहरुको निर्वाचन, अधिकृत पूँजी वृद्धि, स्वतन्त्र सञ्चालक नियुक्ति सम्बन्धी जानकारी गराउने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने बारे छलफल हुने बताइएको छ ।

बैंकले माघ २९ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा २७ औँ वार्षिक साधारण सभा बोलाएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया