गणपति माइक्रोफाइनान्सको १ अर्ब ६६ करोड नाफा, तर निक्षेप भन्दा कर्जा प्रवाह बढी

४ बर्ष अगाडि

काठमाडौं – गणपति माइक्रोफाइनान्सले चालु आवको दोस्रो त्रैमासमा रू. १ करोड ६६ लाख १२ हजार खुद नाफा कमाएको छ । कम्पनीले गत आवको अवधीमा भने रू. १ करोड ८१ लाख ३४ हजार खुद नाफा कमाएको थियो, जसअनुसार अहिले कम्पनीको नाफा ९.४१ प्रतिशतले बढेको देखिन्छ ।
कम्पनीले यस अवधीमा रू. ४ करोड ३७ लाख ८ हजार खुद व्याज आम्दानी गरेको छ । कम्पनीले हालै सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । 
हालसम्म कम्पनीले रू. २८ करोड ८२ लाख ५७ हजार निक्षेप संकलन गरेको छ । कम्पनीले गत आवको सो अवधीमा रू. १७ करोड ३९  लाख ९ हजार निक्षेप संकलन गरेको थियो ।
तर, कम्पनीको निक्षेप संकलन भन्दा कर्जा प्रवाह भने बढी देखिएको छ । कम्पनीले यस अवधीसम्म रू. १ अर्ब ९ करोड ८७ लाख ४९ हजार कर्जा प्रवाह गरेको छ । जसको असरले कम्पनीको सीडी रेसियो भने २६१.८० प्रतिशत रहेको देखिन्छ । गत आवको सो अवधीमा बैंकले रू. ६६ करोड ६९ लाख ११ हजार कर्जा प्रवाह गरेको थियो । कम्पनीको निष्क्रिय कर्जा ०.५९ प्रतिशत मात्रा छ । 
यस्तै, कम्पनीको प्रति शेयर आम्दानी अनुपात ३२.१० रहेको छ । प्रतिशेयर कुल सम्पत्तिको मुल्य भने १,१७९.७८ रुपैयाँ पुगेको छ । यसैगरि कम्पनीको मुल्य आम्दानी अनुपात १८.५० प्रतिशत, प्रति शेयर नेटवर्थ १३१.८९ र तरलता अनुपात ९.२६ प्रतिशत रहेको छ । हाल बैंकको चुक्तापुँजी रू. १० करोड ३५ लाख रहेको छ । जगेडाकोष भने रू. ३ करोड ३० लाख ६ हजार पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया