कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने

४ बर्ष अगाडि

प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने भएको छ । कांग्रेस संसदीय दलको मंगलबार विहान बसेको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।

संसदमा प्रष्ट बहुमत भएको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले आफ्नो उम्मेदवार प्रस्तुत गरिसकेको तथा सभामुख पद आफैंमा तटस्थ रहनुपर्ने भएकाले उम्मेदवारी नदिने निर्णय गरिएको कांग्रेसका एक नेताले जानकारी दिए ।

नेकपाले अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सभामुखमा उम्मेदवारी दर्ताका लागि विहान ११ देखि २ बजेसम्मको समय तोकिएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया