२५ रुपैयामै पेटभर खाना

माघ ७, २०७६ | आजको अर्थ
ajaako_artha

सुन्दा अचम्म लाग्न सक्छ् २५ रुपैयामै पेटभर खाना पाईन्छ् भनेर, तर यो वास्तविकनै हो । तपाई हामी जो कसैले होटलहरुमा खाना खादा २ सय तिरेर एक छाक खाने गर्दछौ ।

चन्द्रौटामा रहेको महाकाल सामाजिक संस्थाले अब हरेक हप्ताको मंगलबार विहान १० बजेदेखी साझ ५ बजे सम्म २५ रुपैयामै खाना खुवाउने व्यवस्था गरेको छ ।

मंगलबार कार्यक्रमको शुभारम्भ गर्दै प्रदेश सभा सदस्य अर्जुन कुमार के.सी.ले सस्तो मुल्यमा स्वादिष्ट र स्वस्थकर खाना खुवाउने व्यवस्था निकै सरहानिय रहेको बताए  । प्रदेश सभा सदस्य के.सी.ले रु. २५ तिरेर खाना खादै, खाना निकै स्वादिष्ट भएको बताए   ।

थौरै आम्दानी भएकाहरुका लागी यो निकै राम्रो भएको जनाए । देशका अन्य शहरहरुमा पनि यस्तो व्यवस्था रहेको जनाउदै, चन्द्रौटामा पनि यो कार्यको शुभारम्भ भएकोमा आयोजक संस्थालाई धन्यवाद दिदै यस कार्यको निरन्तरताको लागी शुभकामना व्यक्त गरे ।

रु २५ मै खाना पाउदा पूर्व पश्चिम आवात जावत गर्ने यात्रुहरुका लागी पनि यो सुविधाले फाइदा पुराउने वडा नं. ५ का वडा अध्यक्ष अर्जुन बहादुर पाण्डेले बताए   ।

“खाना निकै मिठो छ, रु.२५ कै खाना पनि ठूला होटलहरुमा पाइने खाना जस्तै स्वादिष्ट छ ” पाण्डेले भने । “अहिले हामीले साप्ताहिक रुपमा खाना खुवाउने भनेर यसको थालनी गरेका छौं, यो सफल हुदै गयो भने यसलाई दैनिक रुपमा लैजाने लक्ष्य रहेको छ ।

” संस्थाका सल्लाहाकार विजय जयसवालले भने , अहिले संस्थामा आवद्ध स्थानिय युवाहरुको सक्रियता र सहयोगमा साप्ताहिक रुपमा सस्तो मुल्यमा खानाको व्यवस्था गरिएको र यसलाई सफल बनाउन अन्यत्रबाट पनि सहयोग आएमा दैनिक बनाउने उनले बताए 

प्रत्येक हप्ताको मंगलबार चन्द्रौटामा रहेको गंगा कम्प्लेक्स अगाडी विहान १० बजे देखि साझ ५ बजे सम्म रु. २५ मा खाना खाने व्यवस्था हुने आयोजकले जनाएको छ ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.७२११५.३२
European Euro१२४.२६१२४.९१
UK Pound Sterling१४८.७४१४९.५२
Swiss Franc११७.२२११७.८३
Australian Dollar७५.६६७६.०५
Canadian Dollar८६.२७८६.७२
Singapore Dollar८१.९५८२.३८