स्कूल पढ्दाको माया प्रिती झल्काउने गीत

४ बर्ष अगाडि

विद्यालयमा सँगै पढ्दा आँखा जुधेको, माया बसेको, काँक्रा चोरेको कुरा गर्दा धेरैलाई पुरानो सम्झनाहरु बल्झाउँछ तर सम्झेर विगतमा पर्खिन त सकिँदैन । 

तर मान्छेले त्यो सम्झना गरेर विगतको कुरामा रमाउन पनि चाहन्छ । यस्तै विगत सम्झाउने गरि गीत ल्याएका छन् गायक कमल भुसाल ‘चञ्चल’ले ।  

युवा पुस्ताका  लोकप्रीय कलाकार ‘चञ्चल’ले  ‘गाईलाई  चराउँदै’ बोलको गीत रिलिज गरेका छन्। 

गीतमा आफू सानो हुँदा गर्दै र भोग्दै आएका गाउँले जीबनलाई समेटिएर प्रस्तुत गरिएको छ । यो गीतमा कमल भुसाल ‘चञ्चल’ र कृष्णा परियारको सुमधुर स्वर सुन्न सकिन्छ । 
आफ्नै लय तथा शब्द सृजनामा तयार भएको गीतमा बालापन र स्कुले जीवनलाई ध्यानमा राखेर चञ्चलले बनाएको गीतको म्युजिक भिडियो पनि फरक शैलीको छ ।  

मान्छे सानी सानी, दुई किलो आलु, बलवान हुँ भन्थे समय रोक्नै सकिन मैले, पिया राजै, आँखा रसायो, म रुँदा संगसंगै रुने मायाले, जस्ता गीत बजारमा ल्याईसकेका छन् । 

गुल्मीमा जन्मेका भुसालले  आफ्नै गाउँमा छायाँकन गरेर विगतको झल्को मेटाउने गरि गीत ल्याएका छन् । ‘मैले पनि भोलि छोरा नातिहरु वा नयाँ पुस्तालाई केहि सन्देश दिनु छ भन्ने सोचेर अनि हाम्रो परम्परा र लोक सस्कृती को जगेर्ना होस भन्ने चाहानाले यो गित बजारमा लिएको छु’, उनले भने । 

‘गाईलाई चराउँदै’ बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन शिबन पोख्रेलले गरेका हुन् भने छायांकन महेश महरा र सम्पादन गिरिराज भुसालले गरेका छन्। 

गीतमा बरिष्ठ सम्पादक टेकेन्द्र शाहले कलर गरेका छन् ।

यस गीतको म्युजिक भिडियोमा कमल भुसाल  ‘चञ्चल’, साया भण्डारी, चित्रमायाँ श्रेष्ठ, सरु विस्ट, रुपा भुसाल, बिक्रम सेन, भेषराज खनाल, बलराम भुसाल, चेत बहादुर सेन ‘मकरे’, मित्र घर्ति, शिवहरी अर्याल, अर्जुन, मुकुन्द प्रसाद रेग्मी, लेखनाथ भुसाल, प्रेम भुसाल, निर्मला भुसाल, संदेश भुसाल, कुसुम थापा, मिसकल भुसाल, प्रमिसा अर्याल र टुइटर भुसालको सामुहिक अभिनय रहेको छ ।

गीतको अडियो तथा भिडियोलाई सन्देश नेपाल टि.भी. कमल भुसाल ‘चञ्चल’ नामक युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । 

 

४ बर्ष अगाडि

प्रतिक्रिया