भ्रमण बर्षलाई लक्षित गरि एनसेलले ल्यायो ‘टुरिष्ट सिम’, यस्ता छन् भ्वाइस र डेटा प्याकको सुविधा

४ बर्ष अगाडि

काठमाडौं –  एनसेलले बिश्वका बिभिन्न मुलुकबाट आउने पर्यटकको सहजताका लागि ‘टुरिष्ट सिम’ प्रयोगमा ल्याएको छ । कम्पनीले बुधबारदेखि नै उक्त योजना कार्यान्वयनमा ल्याएको हो । योसँगै विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको नयाँ योजना ‘टुरिष्ट सिम’ मार्फत कम्पनीका विषेश सेवाहरुबाट फाइदा लिन सक्नेछन् ।  
एनसेलले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा योे योजना ल्याएको हो । यस योजना अन्तर्गत भ्रमणमा आएका विदेशी पाहुनाले सजिलै टुरिष्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने बताइएको छ । साथै, अल नेटवर्क टक टाईम र डेटा बण्डलिङ्ग गरिएको प्याकहरु लिन सक्ने कम्पनीको भनाइ छ ।
नेपाल भ्रमणमा आएका कुनै पनि पर्यटकले कर सहित मात्र रु १०० मा टुरिष्ट सिम सहितको स्टार्टर प्याक  लिन सक्छन् । यो प्याकमा पर्यटकले रु ३० मेन ब्यालेन्स र तीन दिन समयावधि भएको १ जिबी डेटा पाउँछन् ।

 

  •  मात्र रु १०० मा सिम

  • अल नेटवर्क टक टाईम र डेटा सहितका कम्बो प्याकहरु

  • पे यज यु गो रेट लागु नहुने 


यो सिममा पे यज यु यो रेट लागु हुदैन र पर्यटनहरुले आफ्नो नेपालको बसाई र सेवाको आवश्यकता बमोजिम अल नेटवर्क भ्वाइस र डेटा सेवा बण्डल गरिएको तीन देखि तिस दिन सम्म समयसिमा रहेका विभिन्न पाँच कक्बो प्याक मध्ये कुनै एक प्याक लिन सक्छन् । 
पर्यटकहरुको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राखि तयार पारिएका कम्बो प्याकहरुमा तीन दिने प्याकको कर सहित रु. २९० पर्दछ र यसमा ३० मिनेट अल नेटर्वक भ्वाईस र ३ जिबी डेटा भोल्युम रहेको हुन्छ । ७ जिबी डेटा र ७० मिनेट अल नेटवर्क भ्वाईस रहेको ७ दिने प्याकको कर सहित रु ४९० तोकिएको छ भने कर सहित रु ९८० पर्ने १४ दिने प्याकमा पर्यटकले १४ जिबी डेटा र १४० मिनेट अल नेटवर्क भ्वाईस बण्डल गरिएको प्याक लिन सक्छन् ।  
अलि लामो समयको लागि नेपाल भ्रमणमा आउने पर्यटकले २८ दिने प्याक वा ३० दिने कम्बो प्याक लिन सक्छन् । २८ दिने प्याक अन्तर्गत पर्यटकले कर सहित रु १ हजार ४७० मा २८ जिबी डेटा र २८० मिनेट अल नेटवर्क भ्वाईस सेवा प्राप्त गर्नेछन् । त्यसैगरी ३० दिने प्याक अन्तर्गत कर सहित रु २ हजार ८८८ मा ८८ जिबी डेटा र ८८८ मिनेट अल नेटवर्क भ्वाईस सेवा पाउँनेछन् ।

पर्यटकले ‘टुरिष्ट सिम’ योजनाको कम्बो प्याक सिम लिई सकेपछि एस्ट्रिक्स १७१०५ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार सुचारु गर्न सक्नेछन् ।
विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकहरुका लागि अल नेटवर्क टक टाइम रहेको भ्वाइस र डेटा सेवा बण्डल गरी नयाँ ‘टुरिष्ट सिम’ योजना संचालनमा ल्याउन पाएकोमा कम्पनि हर्षित रहेको एनसेलले जनाएको छ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा संचालनमा ल्याईएको यो योजनाले नेपाल भ्रमणमा रहने विदेशी पाहुनाहरुको सञ्चार सेवाको आवश्यकतालाई सहज रुपमा सुलभ दरका साथ सम्बोधन गर्ने विश्वास एनसेलले लिएको छ । 
टुरिष्ट सिम एनसेलका एनसेल सेन्टरहरु, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एनसेल काउण्टर र देशका विभिन्न भागमा रहेका ९० वटा पोइन्ट अफ सेल्सहरुबाट लिन सकिनेछ । यो सिम लिनका लागि पर्यटकले आफ्नो एक थान पासपोर्ट साइज फोटो र पासपोर्टको फोटो कपि बुझाउनु पर्दछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया