तिन घण्टामा ग्लोबल आइएमईको मात्र ५३ करोडको कारोबार, परिसूचक ५ अंक तल

४ बर्ष अगाडि

आज कारोबारको तेस्रो घण्टा सम्म आईपग्दा ग्लोबल आइएमई बैंकको शेयर कारोबार ५३ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।

यो आजको बजारको सबै भन्दा धेरै कारोबार हो ।त्यस्तै तेस्रो घण्टा सम्म आईपुग्दा नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ५।५७ अंकले ओरालो लागेको छ ।

कारोबारको पहिलो घण्टा ६ अंकको हारहारीमा तल झरेको परिसूचक दोस्रो घण्टामा १ अंकको हारहारीमा पुगेको थियो ।

 छ ।

आज १३२०.४७ को बिन्दुबाट सुरु भएको कारोबार तिन घण्टाको अवधीमा १३१४.९० को बिन्दुमा झरेको छ । आज ११ बजे १३२०.४७ को  विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने २ बजेसम्म आउँदा त्यो परिसुचक ०।४२ प्रतिशतले घटेको छ।

त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ३ उपसमूह मात्र बढे्का छन् । त्यस्तै अहिलो कारोबार भइरहेका १७५ कम्पनीको ३३ लाख ८२ हजार कित्ता शेयर किन बेच हुदाँ १ अर्ब ७ करोड बराबरको कारोबार भएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया