डिप्रोक्स लघुवित्तले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

४ बर्ष अगाडि

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आफ्नो अठारौं वार्षिक साधारण सभा आवहान गरेको छ । 

संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको बोनस शेयर वितरण गर्न उक्त सभा बोलाएको हो ।

यस अघि कम्पनीको सञ्चालक समितिले गत आवको मुनाफाबाट लगानीकर्तालाई ३० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद गरि कुल ४५ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको थियो ।

त्यस्तै, उक्त साधारण सभाबाट संस्थाले अधिकृत पुँजीलाई बढाएर २ अर्ब पुर्याउने प्रस्ताव, मर्जर तथा प्राप्तिको विषयमा आवश्यक पर्ने सम्पूर्ण निर्णय गर्ने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव लगायतका बारेमा समेत छलफल हुने बताइएको छ ।

संस्थाको साधारण सभा यही माघ २६ गते आइतबार चितवनको भरतपुर गार्डेन रिसोर्टमा हुन लागेको छ ।

हाल ७७ करोड ३४ लाख चुक्ता पूजी रहेको संस्थाको प्रस्तावित बोनस वितरण पश्चात पुँजी १ अर्ब ५४ लाख पुग्ने छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया