इन्फिनिटी लघुवित्तको नाफा ३ करोड भन्दा बढी, प्रतिशेयर शेयर आम्दानी कति ?

४ बर्ष अगाडि

काठमाडौं – इन्फिनिटी लघुवित्त वित्तिय संस्थाले चालु आवको दोस्रो त्रैमासमा रू. ३ करोड ३४ लाख ७१ हजार खुद नाफा कमाएको छ । यो गत आवको भन्दा १५८.१६ प्रतिशतले बढी हो । गत आवको सो अवधीमा बैंकले १ करोड २९ लाख ६५ हजार खुद नाफा कमाएको थियो ।
लघुवित्तले हालसम्म रू.६१ करोड ६ लाख ६३ हजार निक्षेप संकलन गरेको छ । गत आवको सो अवधीमा रू. ३९ करोड ९४ लाख बराबरको निक्षेप संकलन भएको थियो । 
यस्तै, लघुवित्तले यस अवधीसम्म रू. १ अर्ब ८१ करोड ७८ लाख कर्जा प्रवाह गरेको छ । गत आवको सो अवधीमा लुघवित्तले रू. १ अर्ब १८ करोड ७० लाख कर्जा प्रवाह गरेको थिया । समिक्षा अवधीमा लघुवित्तले रू. ७ करोड ८१ लाख ५८ हजार खुद व्याज आम्दानी गरेको छ ।  लुघवित्तको सीडी रेसियो २००.८८ प्रतिशत छ । 
अहिले लघुवित्तको प्रतिशेयर आम्दानी रू.२९.३४, मुल्य आम्दानी अनुपात १९.१५ गुणा, प्रतिशेयर नेटवर्थ रु.१२९.७५, तरलता अनुपात १५.८३ र प्रति शेयर कुल सम्पत्तिको मुल्य रु.९४०.५३ रहेको छ । 
हाल लघुवित्तको जगेडा कोष रू. ६ करोड ७८ लाख बरारबरको रहेको छ । चुक्तापुँजी भने २२ करोड ८१ लाख ४० हजारको रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया