किसानलाई पैसा नतिर्ने चिनी उद्योगी विद्युतका ठेकेदार

४ बर्ष अगाडि

किसानलाई उखुको मूल्य भुक्तानी नगर्ने उद्योगी राकेश कुमार अग्रवाल नेपाल विद्युत प्राधिकरणमा विद्युत सामग्री सप्लाई गर्ने ठेकेदार रहेको पत्ता लागेको छ ।

ईन्दिरा सुगर र अन्नपूर्ण सुगर एण्ड जनरल उद्योगका सञ्चालक राकेश कुमार अग्रवाल विद्युत प्राधिकरणको ठेकेदार रहेको पत्ता लगेको हो । 

उद्योग मन्त्रालयले किसानको रकम नदिने उद्योगीको खोजी गर्दैै जाँदा अग्रवाल उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत नेपाल विद्युत प्राधिकरणमा विभिन्न सामग्री आपूर्ति गरेको जानकारी प्राप्त भएको जनाएको छ । 

उद्योग मन्त्रालयले उर्जा मन्त्रालयलाई पत्राचार गरेर अग्रवाललाई भुक्तानी दिनु अघि समन्वय गरेर उखु किसानहरुको बक्यौता रकम भुक्तानी गर्न सहयोग र सहजीकरणका लागि पत्राचार गरेको छ । 

उनलाई सम्पर्कमा ल्याउनका लागि उद्योगले गृह मन्त्रालयलाई समेत पत्राचार गरेको थियो । 

उनको अन्नपूर्ण चिनी उद्योगले ३८ करोड १० लाख र इन्दिरा चिनी उद्योगले ९ करोड २६ लाख तिर्न बाँकी छ । 

धेरै तर्फबाट घेराबन्दीमा पारेर सम्पर्कमा ल्याएका अग्रबालले उखु किसानको रकम भुक्तानी नगरेपछि अन्ततः उनको बैंक कारोबार रोक्का हुने भएको छ । 

उनले अन्नपूर्णबाट ३ करोड ९० लाख र इन्दिराबाट ७५ लाख मात्र भुक्तानी गरेका थिए । 

४ बर्ष अगाडि

प्रतिक्रिया