साझालाई दिएको ३ अर्ब ब्याजसहित फिर्ता, सरकार आफैले विद्युतिय बस किन्ने

४ बर्ष अगाडि

सकारले विद्युतिय बस खरिद गर्न साझा यातायातलाई दिएको तीन अर्ब ब्याजसहित असुल गर्ने भएको छ । 

साझाले समयमै विद्युतिय बस खरिद गर्न नसकेको भन्दै सरकारले ब्याजसहित सो रकम फिर्ता लिने निर्णय गरेको हो । 

यसअघि सरकारले ३ सय वटा विद्युतीय बस खरिद गर्न साझालाई ३ अर्ब सेयरवापत दिएको थियो । 

साझालाई दिने भनेको रकम नदिने र दिईसकेको रकम ब्याजसहित फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बताए । 

उनका अनुसार अब विद्युतिय बस सरकार आफैले किन्ने भएको छ ।  विद्युतिय बस आपूर्तिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको बाँस्कोटाले बताए ।

४ बर्ष अगाडि

प्रतिक्रिया