आजदेखि नारायणकाजी पनि सांसद

४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी नेपकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सदस्यमा विजयी भएका छन् । 

पोखरामा भएको राष्ट्रिय सभा निर्वाचनमा श्रेष्ठ १२ सय १८ मत अन्तरले विजयी भएका हुन् । 

उनले ३ हजार ४ सय ६२ मत ल्याए भने प्रतिद्वन्दी नेपाली काँग्रेसका सुर्यप्रसाद रेग्मीले २ हजार २ सय ४४ मत ल्याए । 

त्यसैगरी महिलातर्फ नेकपाकै भगवती न्यौपानी विजयी भएकी छन् । उनले नेपाली काँग्रेसकी बिमला गौचनलाई पराजित गरिन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया