नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकाल र किशोर प्रधानको प्रतिस्पर्धा हुने देखिएको छ ।
महासंघको उपाध्यक्ष रहेका ढकालले गृहजिल्ला बाग्लुङ्ग पुगेर केही समयअघि उम्मेदवारी घोषणा गरेपछि प्रधानले आफू पनि बरिष्ठ उपाध्यक्षको उम्मेदवार भएको सार्वजनिक गरेपछि दुइजनाको प्रतिस्पर्धा हुने भएको हो ।
ढकाल अहिले एशोसिएट उपाध्यक्ष छन भने प्रधान जिल्ला नगर उपाध्यक्ष छन् ।
महासंघमा बरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने नियमा अनुसार बरिष्ठ उपाध्यमा प्रतिस्पर्धा हुने गरेको छ ।
प्रधानले साना र मझौला व्यवसायीको पनि संस्था हो भनेर उनीहरुको हकहित स्थापित गर्न आफू नेतृत्वमा जान चाहेको बताएका छन् ।
महासंघले साधारण सभा चैतको अन्तिम साता हुँदैछ ।
ढकाललाई पूर्वअध्यक्ष चण्डी ढकाल र वर्तमान अध्यक्ष भवानी राणाको समर्थन रहने संभावना रहेको छ भने प्रधानलाई पूर्व अध्यक्ष पशुपति मुरारका तथा कुशकुमार जोशीको समर्थन हुने संभावना रहेको व्यवसायीहरु बताउँछन् ।
प्रतिक्रिया