सिन्धु विकास बैंकको पुस २९ गतेको स्थगित साधारण सभा माघ १७ गतेका लागी बोलाएको छ ।
यसअघि पुस २९ गते बोलाएको साधारण सभा कोरम नपुगेर बैकले स्थगित गरेको थियो ।
उक्त सभामा चुक्ता पूँजीको ११.५१ प्रतिशत बोनस शेयर र ०.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने साधारण सभा बोलाएको हो ।
कम्पनीको साधारण सभा माघ १७ गते शुक्रबार सिन्धुपाल्चोकको बाह्रबिसे स्थित सिन्धुपाल्चोक उद्योग बाणिज्य सघंको हलमा हुनेछ ।
प्रतिक्रिया