एनएमबीको नाफा ३७५ प्रतिशतले बढ्यो, निक्षेप संकलन र ब्याज आम्दानीमा पनि उल्लेख्य सुधार

४ बर्ष अगाडि

एनएमबी लघुवित्तले चालु आवको दोस्रो त्रैमासमा ४ करोड ९० लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेको छ । यो रकम लघुवित्तले अघिल्लो वर्षको यसैको अवधीमा ३ करोड ८७ लाख (३७५.३) प्रतिशतले धेरै हो ।

अघिल्लो वर्षको सोही अवधीमा संस्थाले १ करोड ३ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेको थियो ।

त्यस्तै, संस्थाले यस अवधीमा १ अर्ब ३१ लाख रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ । अघिल्लो वर्षको यसै अवधीमा संस्थाले ८७ करोड ४४ लाख रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ ।

त्यस्तै, संस्थाले यस अवधीमा १३ करोड ६७ लाख बराबरको ब्याज आम्दानी गरेको छ । अघिल्ले वर्षको यसै अवधीमा संस्थाले ८ करोड ९५ लाख रुपैयाँ बराबरको ब्याज आम्दानी गरेको थियो ।

त्यस्तै, सस्थाले यस अवधीमा ३ अर्ब ४७ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ । संस्थाले अघिल्लो वर्षको यसै अवधीमा २ अर्ब ४५ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको थियो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया