सभामुख सापकोटालाई हत्या आरोप लगाउने राष्ट्रपतिका सल्लाहकारले दिए राजीनामा

४ बर्ष अगाडि

सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्व अदालतमा रिट दायर दायर गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिएका छन्। 

काभ्रेका अर्जुन लामाको हत्या गरेको आरोप लगाउँदै  २०७२ मा सापकोटाविरूद्ध  रिट दायर गरेका प्याकुरेलले आज राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका हुन् । 

यद्यपि उनको राजीनामा स्वीकृत भइसकेको छैन ।

आफूले हत्या आरोप लगाएको व्यक्ति सभामुख भएपछि उनले राजीनामा बुझाएको बुझिएको छ । ०७४ मा भण्डारीको राजनीतिक सल्लाहारकारमा नियुक्त भएका उनी भण्डरीको पहिलो कार्यकालमा दुई वर्ष राजनीतिक सल्लाहकारको जिम्मेवारीमा थिए । 

प्याकुरेलले दायर गरेको मुद्दा सर्वोच्च अदालतमा  विचाराधिन छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया