यस्ताे छ नेपालमा विजुलीकाे नयाँ शुल्क, धेरै खपत गर्नेलाई सस्ताे

४ बर्ष अगाडि

सरकारले उपभोगका आधारमा विद्युत महशुल निर्धारण गर्ने गरि नयाँ शुल्क निर्धारण गर्न लागेकाे छ । 

उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयले जति बढी विद्युत उपयोग ग¥यो त्यति नै बिजुली सस्तो हुने गरी प्रस्ताव तयार गरेको हाे । 

नयाँ प्रस्ताव अनुसार  प्रतिमहिना ० देखि १० युनिट, ११ देखि २० युनिट, २१ देखि ३० युनिट, ३१ देखि ५० युनिट, ५१ देखि १ सय युनिट, १ सय १ देखि १ सय ५० युनिट, १ सय ५० देखि २ सय युनिट र २ सयदेखि ४ सय युनिटसम्म विद्युत प्रयोग गर्नेहरुको समूह वर्गीकरण गरी त्यसैअनुसार नयाँ शुल्क निर्धारणको तयारी रहेको छ । 

त्यस्तै ० देखि १० युनिटसम्म प्रयोग गर्ने ग्राहक ७ लाख र ११ देखि २० युनिटभन्दा प्रयोग गर्नेको संख्या १७ लाख छ । ० देखि १० युनिटसम्म प्रयोग गर्नेलाई सबैभन्दा सस्तो दर र त्यसपछि प्रयोगका आधारमा शुल्क लिइने याेजना मन्त्रालयकाे छ । 

ललितपुरमा शुक्रबार भएको एक कार्यक्रममा उर्जा, जालश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले केही दिनअघि आफ्नो अध्यक्षतामा बसेको नेपाल विद्युत प्राधिकरणको बैठकले नयाँ विद्युत महसुल दर निर्धारणका लागि सिफारिस गरेको जानकारी दिए । 

मन्त्री पुनले विगतमा माग बढी र उत्पादन कम भएकाले बढी प्रयोग गर्दा बढी नै मूल्य रहेको चर्चा गर्दै मन्त्री पुनले पछिल्लो दुई वर्षमा उत्पादन बढेर विद्युतमा आत्मनिर्भर हुने अवस्था आएकाले खपत बढाउन जति बढी प्रयोग ग¥यो त्यति नै कम शुल्क निर्धारण हुने गरी नीति ल्याउन लागिएको स्पष्ट पारे । 

‘मागको तुलनामा सप्लाई बढी भएकाले विगतमा लोड म्यानेज गर्न सजिलो हुन्छ भनेर कम प्रयोग गर्नतिर प्रेरित गरिएको थियो’, मन्त्री पुनले भने, ‘यो सरकार आउनुभन्दा पहिला ९ सय मेगावाट विद्युत थियो । अहिले ४ सय मेगावाट बढेर १३ सय पुगेको छ, त्यसैले अधिकतम खपत बढाउनेतिर हाम्रो जोड छ ।’ 

यसै आर्थिक वर्षभित्रमा करिब १ हजार मेगावाट थप विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने पनि मन्त्री पुनले जनाएका छन् । मन्त्री पुनले ग्यास प्रतिस्थापनका लागि विद्युतीय चुल्हो प्रयोगलाई प्रवद्र्धन गर्ने नीतिमा सरकार रहेको पनि जानकारी दिए । 

‘गाउँघरमा चार÷पाँच जनाको परिवार र काठमाण्डुमा डेरामा बस्नेले बिजुली बाल्दा र विद्युतीय चुल्होमा खाना पकाउँदा ५० युनिटभित्रैले पुग्दो रहेछ’, उनले भने, ‘यो ग्यास भन्दा धेरै सस्तो पर्न आउँछ ।’

५१ देखि ४ सय युनिट प्रयोग गर्नेले आइरन, वासिङमेशिन, प्रिज जस्ता विद्युतीय उपकरण प्रयोग गर्न सक्ने पनि उहाँले उल्लेख गरे । ‘के कस्ता सामग्री प्रयोग गर्दा कति खर्च हुन्छ भनेर उपभोक्ताले अनुमान गर्न सक्ने गरी सिस्टम बनाउँदैछौं’, उनले भने, ‘सबै समूहमा विद्युतको शुल्क पहिलाभन्दा कम हुन्छ, तर जति बढी प्रयोग गर्दैगयो त्यति धेरै सस्तो हुन्छ ।’

४ बर्ष अगाडि

प्रतिक्रिया