एमसिसीका केही प्रावधान परिमार्जनगरी पारित हुन्छ  : गृहमन्त्री थापा

४ बर्ष अगाडि

गृहमन्त्री रामबहादुर थापाले मिलियन च्यालेन्ज कर्पोरेसन एमसिसीका केही प्रावधान परिमार्जन गरेर संसद्ले पारित गर्ने बताएका छन । आज यहाँ आयोजित पत्रकार भेटघाटका कार्यक्रममा उहाँले एमसिसी राष्ट्रिय हितमा हुनुपर्ने बहस चलिरहेको र सभामुखको घोषणा भएपश्चात् सदनमा प्रस्तुत हुने बताए । 

एमसिसी सरकारले सदनबाटै पारित गर्नुपर्ने बाध्यता किन भन्ने विषयमा पत्रकारले राखेको प्रश्नको जवाफमा उनले अमेरिकी सिनेटले पारित गर्ने भएकाले नेपालको सदनबाट पारित गर्नुपर्ने उल्लेख गर्नुभयो । गृहमन्त्री थापाले शान्ति र स्थायित्व विना मुलुकमा विकास सम्भव नभएको बताए । उनले सरकारले अपराधिक गतिविधि नियन्त्रणलाई प्राथमिकता राखेको जानकारी दिए ।

पछिल्लो समयमा निर्यात बढेको बताउनुभएका गृहमन्त्री थापाले अब सरकारले आठ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको र विकास निर्माणका काम पनि निर्वाध अघि बढाएको बताए । सरकारले गरेको लगानी सम्मेलन र चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण नेपालका लागि लाभदायक भएको उनले उल्लेख गरे। उनले नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई मूलप्रवाहमा ल्याउने काम जारी नै रहेको जानकारी दिए। 

४ बर्ष अगाडि

प्रतिक्रिया